०९ साउन २०८३, शनिबार

सन्तोषीले पूरा गरिन् कठिन मानिने पेरिस ओलम्पिकको म्याराथन

साउन २७, २०८१
काठमाडौं
सन्तोषीले पूरा गरिन् कठिन मानिने पेरिस ओलम्पिकको म्याराथन

नेपालकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकमा कठिन मानिने महिला म्याराथन दौड पूरा गरेकी छिन् ।

पेरिस ओलम्पिकको निर्णायक दिन म्याराथन (४२.१९५ किलोमिटर)को दौड सन्तोषीले २ घण्टा ५५ मिनेट ६ सेकेन्डमा पूरा गरेकी हुन् ।

९२ जना प्रतिस्पर्धीमा ११ जना धावकले बीचमै दौड छोडे ।

तर नेपालकी सन्तोषीले दौड पूरा गरेरै छोडिन् । उनले ७९ औं स्थान प्राप्त गरिन् । यस क्रममा भुटानी खेलाडीलाई सन्तोषीले पछाडि पारेकी हुन् । 

यस अघि सन्तोषीकै नाममा २ घण्टा ४० मिनेटमा म्याराथन पूरा गरेको राष्ट्रिय रेकर्ड थियो । तर कठिन मानिने पेरिसको म्याराथनमा थप १५ मिनेटको समय लिए पनि सन्तोषीले दौड पूरा गर्नुलाई नै उपलब्धि मानेकी छिन् । 

null

ओलम्पिकमा म्याराथन दौड पूरा गर्दा सन्तोषीले स्वर्ण पदक जितेको भन्दा पनि खुशी लागेको बताएकी छिन् । १५ किलोमिटरसम्म राम्रो गतिमा दौडिए पनि उकालोसहितको कठिन पिचमा विस्तारै गति कम गर्दै दौड पूरा गर्नतिर लागेको उनले बताइन् । 

महिला म्याराथनको स्वर्ण पदक नेदरल्याण्डस्की हसन सिफनले २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै जितिन् ।

२ घण्टा २२ मिनेट ५८ सेकेन्डमा पूरा गर्दै इथियोपियाकी असेफा टेगेस्टले कास्य पदक हात पारिन् । उनी तीन सेकेन्डले मात्रै स्वर्णबाट वञ्चित हुन पुगिन् ।

२ घण्टा २३ मिनेट १० सेकेन्डमा दौड पूरा गर्दै केन्याकी ओबिरी हलेनले कास्य पदक हात पारिन् । 

स्वर्ण जितेका खेलाडीले उनलाई फिनिसिङलाइनमा बधाई दिएका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्