०९ साउन २०८३, शनिबार

कांग्रेस बैठकमा ११ बुँदे प्रस्तावमाथि छलफल

साउन २७, २०८१
काठमाडौं
कांग्रेस बैठकमा ११ बुँदे प्रस्तावमाथि छलफल
फाइल फोटो

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा आज केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, डा. नारायण खड्का, आनन्दप्रसाद ढुङ्गाना, दीपक गिरी, सीता गुरुङ, मिनाक्षी झा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, चीनकाजी श्रेष्ठ, लक्ष्मी परियार, कर्णबहादुर बुढा, टेकप्रसाद गुरुङ, सञ्जयकुमार गौतम, आङ्‌गेलु शेर्पा, दिनेशकुमार यादव, उदयशम्शेर राणा, राजीव ढुङ्गाना, दिलमान पाख्रिन, राजीवविक्रम शाहले धारणा राखेका थिए । 

यसैगरी बैठकमा केन्द्रीय सदस्यहरु डा. चन्द्रमोहन यादव, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, जानकी सिंह, प्राडा गोविन्दराज पोखरेल, सुशीला मिश्र भट्ट, नागिना यादव, अजयबाबु शिवाकोटी, भीम पराजुली, सुशीला थिङ, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), विद्यादेवी तिमिल्सिना र शान्ति परियार विकले धारणा राखेका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक २८ गते सोमबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्