०४ असार २०८३, बिहीबार

अस्पतालमा लागेको आगो निभाइयो, सेवा बन्द

साउन २७, २०८१
विराटनगर
अस्पतालमा लागेको आगो निभाइयो, सेवा बन्द

विराटनगर महानगरपालिका–५ बरगाछी स्थित लाइफगार्ड अस्पतालमा आज दिउँसो लागेको आगो निभाइएको छ । विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब एक घण्टामा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । 

आईसीयू कक्षबाट आइतबार दिउँसो ३ बजेतिर आगलागी सुरु भएको अस्पतालले जनाएको छ । आगलागीको कारण खुलेको छैन । अस्पतालका अनुसार आगलागीबाट रु एक करोड ५० लाख बराबरको क्षति भएको छ । 

अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा कैलाश श्रेष्ठले आईसीयूको एसीबाट आगलागी सुरु भएको बताए। आगलागीबाट एसी, भेन्टिलेटर, मनिटर, पोर्टेबल एक्स–रे मेसिन, शय्यालगायत आईसीयू कक्षभित्र रहेका सबै सामान जलेको उनको भनाइ छ । हाल अस्पतालका सम्पूर्ण सेवा तत्काललाई बन्द गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्