
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समास्या समाधान गर्ने काम द्रतगति अगाडि बढाइएको बताएका छन् ।
गौराहद नगरपालिका–५ मा आज आयोजित जग्गा दर्तासम्बन्धी आदेश २०८१ कार्यान्वयनसम्बन्धी सरोकारवाला निकायसँगको अन्तरक्रियामा उनले छ महिनाभित्रमा जग्गा दर्तासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“लामो समयदेखि भोगचलन गरिरहेको तर धनीपूर्जा नहुने सबैलाई जग्गाको मालिक बनाउने अभियानमा सरकार छ”, उनले भने । उनले मन्त्रालयले उच्चस्तरीय अधिकारीहरु संलग्न रहेको आयोग गठन गरी कर्मचारीहरु काममा खटाइसकेको जानकारी दिँदै काम गर्दै जाँदा आउने कानूनी जटिलतालाई स्थानीय सरकार, सरोकारवाला पक्ष र राजनीतिक दलहरुले संयुक्त रुपमा समाधानका लागि सहयोग गर्न आग्रह गरे ।