
कालिकोटको गगनेखोला र यासमोडमा पहिरो जाँदा कर्णाली राजमार्गमा यातायात सञ्चालन अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत पर्ने उक्त स्थानमा आज साँझ ६ बजेतिर पहिरो खस्दा सवारी सञ्चालन अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख चेतनकुमार मण्डलले जानकारी दिए ।
अहिले पहिरो पन्छाउने काम गरिरहेको कार्यालय प्रमुख मण्डलले बताए । सडक बन्द हुँदा नेपालगञ्ज, सुर्खेत र काठमाडौँबाट आउने सवारीसाधनबीच बाटोमै रोकिएका छन् ।