०३ असार २०८३, बुधबार

मान्छेलाई खुवाउने औषधि दिएर हात्ती टिबीमुक्त

साउन २८, २०८१
काठमाडौं
मान्छेलाई खुवाउने औषधि दिएर हात्ती टिबीमुक्त

हात्तीलाई गरिएको क्षयरोग अर्थात् ‘ट्युबरक्लोसिस’(टीबी)को उपचार प्रभावकारी देखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र चितवनका अन्य हात्ती टीबीले मर्न थालेपछि उपचार थालिएको थियो । 

उपचार थालिएको चार वर्षयता हात्तीमा टीबीका कुनै पनि लक्षण नदेखिएको पशु चिकित्सकले जनाएका छन् । यससँगै हात्तीलाई खुवाइएको क्षयरोगको औषधी र उपचार प्रभावकारी देखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले लामो समयदेखि चितवनका हात्तीमा क्षयरोग नदेखिएको बताए ।

चितवनमा अहिलेसम्म ६७ वटा हात्तीलाई टिबीको औषधी खुवाएर निको पारिएको पनि उनले बताए ।

हात्तीलाई एक वर्षसम्म नियमित औषधी खुवाइएपछि मात्रै क्षयरोगबाट मुक्त हुने गरेका छन् । डा. श्रेष्ठका अनुसार क्षयरोग सङ्क्रमित हात्तीलाई एथेमब्युटोल, रिफ्यामपिसिन र आइसोनाइजिट औषधी खुवाइएको हो । यी औषधी मानिसका लागि पनि प्रयोग गरिन्छन् । आजको गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्