१९ असार २०८३, शुक्रबार

हुन्डाईले ल्यायो हात खाली नहुने आकर्षक उपहार​सहितको 'टेस्ट ड्राइभ एन्ड विन' क्याम्पेन​​

साउन २८, २०८१
काठमाडौं
हुन्डाईले ल्यायो हात खाली नहुने आकर्षक उपहार​सहितको 'टेस्ट ड्राइभ एन्ड विन' क्याम्पेन​​

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई टेस्ट ड्राइभ एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ ।

जसअन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गएर हुन्डाई गाडीको लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरू राखिएको छ । साथै साप्ताहिक विजेताहरूले माइक्रोवेभ ओभन र बम्पर विजेताले रेफ्रिजरेटर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यो क्याम्पेन दुई साता चल्ने छ।

नयाँ हुन्डाई क्रेटा हालै अगस्ट ६ मा सार्वजनिक गरिएको थियो।​  हुन्डाईले नेपालमा २०१५ देखि क्रेटा बिक्री गर्न शुरू गरेको थियो ।

यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन, सबै प्रकारका भूभागमा सहज चल्न सक्ने क्षमता, प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरै को रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ ।

प्रारम्भिक मूल्य ५५,९६,००० रुपैयाँ पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टहरूमा उपलब्ध छ र यसमा ६ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी पाइन्छ।

त्यसैगरी, लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनमार्फत नेपालमै निर्माण गरिएको मेड इन नेपाल भेन्युको पहिलो रोलआउट मे १०, २०२४ मा भएको थियो।

यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाई मोटर कम्पनी , कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरू सरह कै हुने कम्पनीले दाबी गरेको छ ।​

साउन २८ गतेबाट शुरू भएको यस क्याम्पेनमा नेपालभरका इच्छुक महानुभावले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा गई सहभागी हुन सक्नेछन्।

यो क्याम्पेनको विजेताको घोषणा साप्तहिकरूपमा लक्की ड्र मार्फत छनोट गरिनेछ । साथै कम्पनीको फेसबूक पेजमार्फत जानकारी गराइने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्