२८ जेठ २०८३, बिहीबार

सरकार प्रमुख बनेलगत्तै युनुसका 'सबै अपराध' माफ ! १३ सहयोगी विरुद्धका मुद्दा पनि फिर्ता

साउन २८, २०८१
काठमाडौं
सरकार प्रमुख बनेलगत्तै युनुसका 'सबै अपराध' माफ ! १३ सहयोगी विरुद्धका मुद्दा पनि फिर्ता

बंगलादेशका सरकार प्रमुख मोहम्मद युनुस विरुद्धको भ्रष्टाचार मुद्दा फिर्ता लिइएको छ । बंगलादेशी पत्रिका ‘द डेली स्टार’को समाचार अनुसार ढाकाको विशेष अदालतले युनुस, अन्तरिम सरकारका स्वास्थ्य सल्लाहकार नूरजहाँ बेगम र अन्य १२ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो । 

बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले बंगलादेशको फौजदारी प्रक्रिया संहिताको धारा ४९४ अन्तर्गतको मुद्दा फिर्ता लिन अदालतमा निवेदन दिएको थियो। अदालतले यो निवेदन स्वीकार गरेको हो । 

अन्तरिम सरकारको सपथ ग्रहणको एक दिनअघि मात्रै ‘ग्रामीण टेलिकम’का अध्यक्ष प्रोफेसर युनुस र निर्देशक अशरफुल हसन, एम शाहजहान र नूरजहाँ बेगमलाई पनि ‘श्रम कानून उल्लंघन’ मुद्दामा सफाइ दिइएको थियो । 

उक्त मुद्दामा उनलाई ६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना समेत गरिएको थियो । ग्रामीण दूरसञ्चार कर्मचारी मुनाफा सहभागिता कोषको करिब २५ करोड २२ लाख हिनामिना गरेको अभियोगमा एसीसीले दायर गरेको मुद्दामा युनुस, नूरजहाँ र १२ जनालाई दोषी ठहर गरिएको थियो । 

अदालतले साक्षीहरूको बयान पनि लिनुपर्ने थियो। तर अहिले यो विषय बन्द भएको छ । 

यसअघि शनिबार बंगलादेशको सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओबैदुल हसनले आफ्नो पदबाट राजीनामा दिएका थिए । आन्दोलनरत विद्यार्थीहरूले सर्वोच्च अदालत घेराउगरी उनको राजीनामा माग गरेपछि उनले राजीनामा दिएका हुन् । 

युनुसले बनाएको ग्रामीण बैंकका गतिविधिमाथि २०११ मा अनुसन्धान शुरू भएको थियो । सो अनुसन्धानपछि युनुसलाई ग्रामीण बैंकको प्रबन्ध निर्देशक पदबाट हटाइएको थियो । उनीमाथि बंगलादेशको अवकाश नियम उल्लंघन गरेको आरोप लागेको थियो । त्यसपछि मोहम्मद युनुसविरुद्ध दर्जनौं मुद्दा दायर गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्