०३ असार २०८३, बुधबार

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प : ७ भाग्यमानी ग्राहकलाई आकर्षक एसोसरिज प्याकेज !

साउन २८, २०८१
काठमाडौं
सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प : ७ भाग्यमानी ग्राहकलाई आकर्षक एसोसरिज प्याकेज !

नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता  तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले मनसुन फ्री सर्भिस क्याम्प सञ्चालनमा ल्याएको छ । 

उक्त क्याम्प यही साउन २७ देखि २९  गतेसम्म चल्ने छ । जसको नारा KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON BE AN ADVENTURE  रहेको छ ।​​

लगातारको वर्षाले सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिँदा विभिन्न समस्याको सम्भावना हुने भएकाले क्याम्पको आयोजना गरिएको कम्पनीले जनाएको छ । 

सुजुकी ग्राहकलाई यो विषयमा जानकारी गराउन र उहाहरूको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुन लागेको कम्पनीले जनाएको छ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ७  जना भाग्यमानी ग्राहकहरूले आकर्षक एसोसरिज प्याकेज पनि जित्न  सक्नेछन् ।

सर्भिस क्याम्पमा ग्राहकले नि:शुल्क एसी/ हिटर  चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा प्राप्त गर्नेछन् । 

त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा  ५०  प्रतिशतसम्मको  छुट छ ।

यस्तै, लेबर चार्जमा २० प्रतिशतसम्मको छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट रहेको कम्पनीले जनाएको छ । ​

सुजुकीको मनसुन  फ्री सर्भिस क्याम्प’ नेपालभरिका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ ।

५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

salt training

कमेन्ट गर्नुहोस्