२५ जेठ २०८३, सोमबार

गृहमन्त्री लेखकसँग भारतीय विदेश सचिवको भेटवार्ता

साउन २८, २०८१
काठमाडौं
गृहमन्त्री लेखकसँग भारतीय विदेश सचिवको भेटवार्ता

गृहमन्त्री रमेश लेखकसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् । 

सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतबीच सौहार्दपूर्ण सम्बन्ध रहीआएको उल्लेख गर्दै विदेश सचिव मिस्रीको कार्यकालमा यो सम्बन्ध थप विस्तार र सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताए ।

भारत नेपालको सुरक्षा, पूर्वाधार, ऊर्जा, जलश्रोतलगायत क्षेत्रमा महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उनले भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिसहित नेपालको पूर्वाधार निर्माणमा पुर्‍याएको सहयोगका लागि विदेश सचिव मिस्रीलाई धन्यवाद दिए । भेटमा गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रका विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्