१२ साउन २०८३, मंगलबार

मन्दिर जाँदै गर्दा स्कुटर दुर्घटना : छोराको मृत्यु, आमा गम्भीर घाइते

साउन २८, २०८१
बुटवल
मन्दिर जाँदै गर्दा स्कुटर दुर्घटना : छोराको मृत्यु, आमा गम्भीर घाइते

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबासमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीया अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (डीएसपी) विजयराज पण्डितले जानकारी दिए । 

लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा निधन भएको पण्डितले बताए ।

यस्तै दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी गम्भीर घाइते भएकी छन् । उनको उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ । 

साउनको अन्तिम सोमबार उनीहरू परोहा परमेश्वर बोलबाम धाम जाँदै थिए ।

मोटरसाइकलका चालक कपिलबस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारू पनि घाइते भएका छन् । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्