२३ असार २०८३, मंगलबार

विदेश पलायन भइरहेको युवा शक्तिलाई रोक्नुपर्छ : राष्ट्रपति पौडेल

साउन २८, २०८१
काठमाडौं
विदेश पलायन भइरहेको युवा शक्तिलाई रोक्नुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको स्रोत र सम्भावनाअनुरूपको सीप आजको अनिवार्य आवश्यकता भएको बताएका छन् ।

राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकूल स्वाभिमानी तथा स्वावलम्बी भावनाको विकास गर्नुपर्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्र सङ्घको संयुक्त आयोजनामा आज आयोजित ‘नेपाल युवा सम्मेलन, २०२४’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

राष्ट्रपति पौडेलले मुलुकको सम्भावना पहिचान गरी त्यसको समुचित प्रयोगका लागि राष्ट्रिय भावना जागृत हुन आवश्यक रहेको बताए ।

'दिनानुदिन विदेश पलायन भइरहेको युवा शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको छ,' उनले भने, 'हामीसँग भएका प्राकृतिक सम्भावनालाई समुचित ढङ्गले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिनु पर्ने छैन ।'

salt training

कमेन्ट गर्नुहोस्