०२ असार २०८३, मंगलबार

रास्वपाले बोलायो संसदीय दलको बैठक

साउन २८, २०८१
काठमाडौं
रास्वपाले बोलायो संसदीय दलको बैठक
फाइल फोटो : रास्वपा सभापति रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ ।​

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मङ्गलबार बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्दैछ ।

सो बैठकअघि बिहान १०:३० बजेका लागि रास्वपाको बैठक बस्न लागेको हो । 

प्रतिनिधिसभामा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

रास्वपाले संसदीय दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता झाले जानकारी दिए ।

'बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतीले सदनमा पठाइएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकसम्बन्धी छलफल हुनेछ,' प्रवक्ता झाले भने, 'यस्तै, प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकसम्बन्धी विषयमा पनि छलफल गर्नेछौं ।'

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकसम्बन्धी छलफलसमेत हुने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्