०३ साउन २०८३, आइतबार

मधेस प्रदेशसभाबाट १९ महिनामा एक संशोधनसहित सात वटा विधेयक पारित

साउन २८, २०८१
धनुषा
मधेस प्रदेशसभाबाट १९ महिनामा एक संशोधनसहित सात वटा विधेयक पारित

मधेस प्रदेशसभा दोस्रो कार्यकालको करिब १९ महिनामा एक संशोधनसहित सात वटा विधेयक पारित भएको छ ।

मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१, केही ऐन संशोधन गर्नेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश बालिका संरक्षण गर्न बनेको विधेयक पारित भएको प्रदेशसभा सचिवालयका निमित्त सचिव विपिन ठाकुरले जानकारी दिए । 

दोस्रो कार्यकालका लागि प्रदेशसभा गठन भएपछि जम्मा १२ वटा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएका छन् । बाँकी पाँच वटा विधेयक विभिन्न समितिमा छलफलका क्रममा रहेको निमित्त सचिव ठाकुरले बताए । 

salt training

कमेन्ट गर्नुहोस्