२४ जेठ २०८३, आइतबार

‘छक्का पन्जा ५’को पहिलो गीत सार्वजनिक

साउन २९, २०८१
काठमाडौं
‘छक्का पन्जा ५’को पहिलो गीत सार्वजनिक

फिल्म ‘छक्का पन्जा ५’को  पहिलो गीत ‘बिहे भा'को छैन’ सार्वजनिक भएको छ । लोक शैलीमा तयार गीतले दुई व्यक्तिको प्रेमकथा बोल्छ ।

सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको यो गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्द, दीपक शर्माको संगीत छ । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटीको अभिनय छ । 

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरीको पटकथा, दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवाद छ । फिल्ममा रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन, हरि हुमागाँइको छायाङ्कन छ । फिल्म आगामी असोजको २४ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्