३० जेठ २०८३, शनिबार

‘मौलशोभा राई आमा सम्मान–२०८१’ विमला राईलाई प्रदान गरिने

साउन २९, २०८१
काठमाडौं
‘मौलशोभा राई आमा सम्मान–२०८१’ विमला राईलाई प्रदान गरिने

साहित्यकार दीपा राई पुनकी आमा विमला राईलाई ‘मौलशोभा राई आमा सम्मान–२०८१’ ले सम्मान गरिने भएको छ ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन संयोजक र डा सुकराज राई, राष्ट्रिय समाचार समितिका  महाप्रबन्धक सिद्धराज राई, कवयत्री विमला तुम्खेवा र कवि कमल ज्ञवाली सदस्य रहेको ‘मौलशोभा राई आमा सम्मान–२०८१’ निर्णायक समितिले उक्त सम्मान गर्ने निर्णय गरेको हो ।

साहित्यकार तथा लेखक डा. पुरण राईले आफ्नी आमाको नाममा स्थापना गरेको उक्त पुरस्कार अनलाइन अभिलेख प्रालिमार्फत वितरण गरिने भएको छ । ​

साहित्यकार दीपा राई पुनको जन्मदिनको अवसर पारेर कात्तिक २९ गते उनकी आमा विमला राईलाई नगद रु ५० हजार र ताम्रपत्रसहित ‘मौलशोभा राई आमा सम्मान–२०८१’ ले सम्मान गरिने पुरस्कार संस्थापक डा. पुरण राईले जानकारी दिए ।

भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिकी आमामध्ये एक जनालाई बर्सेनि मौलशोभा राई आमा सम्मान प्रदान गरिने डा. राईले बताए । 

नेपाली साहित्य र समाज सेवाका क्षेत्रमा दीपाले पुर्‍याएको योगदानको कदरस्वरूप उनकी आमा विमलालाई सम्मान दिने निर्णय गरिएको हो ।

सम्मानित हुने विमला राई झापा घर भइ हाल काठमाडौं बस्दै आएकी छिन् । उनलाई प्रदान गरिने पुरस्कार घोषणा कार्यक्रममा कानून व्यवसायी एवं साहित्यकार किवाहाङ्ग राई, राजेश खनाल, योगेन्द्रकुमार राई, श्रीराम राईलगायतको उपस्थिति रहेको थियो ।

साहित्यकार डा. पुरण राईको ‘वसन्त ऋतु’ उपन्यास, ‘लाशमाथिको मानव’ नाटक, ‘अस्तु’ कथासङ्ग्रह, ‘कोभिड डायरी डरका बिम्बहरू’, ‘सिद्धान्त र विश्लेषण आप्रवासी नेपाली कविता’ अलङ्कारविधाजस्ता कृति प्रकाशित छन् ।

salt training

कमेन्ट गर्नुहोस्