३० जेठ २०८३, शनिबार

बुढीगण्डकी आयोजना पीडितको प्रश्नः कहिलेसम्म विचल्ली हुने हो ?

कात्तिक २०, २०७४
बुढीगण्डकी आयोजना पीडितको प्रश्नः कहिलेसम्म विचल्ली हुने हो ?
धादिङ,कात्तिक १२ – बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रका स्थानीयले आइतबार धादिङ र गोरखा सिमानाको मुख्य बजारहरु बन्द गरेका छन् । बाह्र सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाधनीहरुले उचित मुआब्जा नपाएको भन्दै बजार बन्द गरेका हुन् ।

स्थानीयले धादिङ्गमा रहेको आरुघाट बजार र खहरे बजार, गोरखामा पर्ने आर्खेत बजार तथा त्यहाँ चल्ने सबारीसाधन पूर्ण रुपमा ठप्प पारेका छन् । बुढीगण्डकी सरोकार समितिले गोरखा र धादिङ्गका साविकका २७ गा.वि.स.का बुढीगण्डकी प्रभावित क्षेत्रहरु पूर्ण रुपमा ठप्प पारेका हुन् ।

बुढिगण्डकी जलविद्युत आयोजनाले डुवान क्षेत्रमा पर्ने भनेपनि धादिङको खहरे आरुघाट बजार र विसालटार लगायतका धादिङ र गोरखाका सिमाको मुख्य बजारहरुको अझै मुआब्जा नतोकेकोले आन्दोलन गर्नुपरेको बुढिगण्डकी डुवान क्षेत्रका स्थानीय विनोद नेपालले बताए ।

उनले लोकान्तरसँग भने,‘ डुवानमा पर्ने भनेपछि समयमै मुआब्जा दिनुप-यो नि । न केहि विकास भएको छ । भूकम्पले घर भत्किएको बनाउन पनि रोक लगाएको छ । कहिलेसम्म विचल्ली पाराले बस्नुपर्ने हो ? दुई वर्षदेखि टहराको बास छ । यसवर्ष पनि चिसो सुरु भइसक्यो । ’

आइतबार र सोमबार बुढिगण्डकी प्रभावित क्षेत्रको मुख्या बजार बन्द गराइएको जनाकारी दिँदै बुढिगण्डकी सरोकार समिति खहरे–आरुघाटका अध्यक्ष हरिराम ढकालले भने,‘ समयमै मुआब्जा नपाउदा यहाँका स्थानियको जीवन कष्ठकर बन्दै गएको छ । हाम्रो मागहरु पुरा भएन भने हामी धादिङ र गोरखामा थप आन्दोलन कार्यक्रम गर्न बाध्य हुनेछौं ।’

स्थानीयको माग पुरा नभए नजिकै आउंदै गरेको प्रदेश र केन्द्रको चुनाबलाई पनि असर पर्ने उनीहरुले चेतावनी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्