०२ असार २०८३, मंगलबार

रोहिंग्यालाई परिवार नियोजन गराउने बंगलादेशको योजना

कात्तिक २०, २०७४
रोहिंग्यालाई परिवार नियोजन गराउने बंगलादेशको योजना

काठमाडौं, १२ कात्तिक — छिमेकी देश म्यान्मारबाट सबै कुरा छोडेर बंगलादेश पुगेका रोहिंग्या मुसलमानलाई बंगलादेशले परिवार नियोजन गराउने भएको छ । समाचारहरूमा आएअनुसार, परिवार नियोजन प्राधिकरणले सरकारलाई यसो गर्न भनेको छ ।


तर परिवार नियोजन अनिवार्य हुने छैन ।

रोहिंग्याको जनसंख्या नियन्त्रण गर्नका लागि अधिकारीहरूले यसअघि कन्डमलाई बढावा दिन खोजेका थिए तर यो प्रयास असफल भएको थियो ।

अधिकारीहरूमा अनुसार, रोहिंग्या मुसलमानहरू कन्डम प्रयोग गर्न हिचकिचाउँछन् । त्यसैले अहिलेसम्म जम्मा ५४९ वटा कन्डमको प्याकेट मात्र बाँड्न सकिएको छ ।

रिपोर्टहरूका अनुसार, विगत केही महिनादेखि ६ लाखभन्दा बढी रोहिंग्या मुसलमान बंगलादेशको शरणार्थी शिविर पुगेका छन् ।

बंगलादेशमा कुल रोहिंग्याको संख्या १० लाख बताइएको छ ।

स्थानीय अधिकारीहरू भन्छन्, ‘रोहिंग्याहरूमा बर्थ कन्ट्रोलका विषयमा एकदमै कम जागरुकता छ ।’ एक अधिकारीका अनुसार, धेरै रोहिंग्याहरूका १९ जनासम्म बच्चाबच्ची छन् अनि कैयौं पुरुषका एकभन्दा बढी पत्नी छन् ।

त्यसैले अधिकारीहरूले महिला र पुरुष दुवैलाई स्थायी परिवार नियोजन गराउन खोजेका हुन् तर यसलाई कार्यान्वयन गर्न गाह्रै छ ।

धेरै शरणार्थीले कन्डम प्रयोग गर्नु इस्लाम धर्मविरुद्ध भएको मान्यता राख्छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्