फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
कम्युनिस्ट आन्दोलनको विश्व इतिहास हेर्ने हो भने सन् १८४३ मा ‘कम्युनिस्ट लिग’ युरोपमा बनाइएको थियो । सन् १८४६ मा ‘कम्युनिस्ट करोस्पोन्डिङ’ बन्यो । सन् १९४७ मा सबैलाई मिलाएर ‘कम्युनिस्ट लिग’ को अधिवेशन गरियो । सन् १८४८ फेब्रुअरी १२ मा महाधिवेशनको निर्णयानुसार ‘कम्युनिस्ट घोषणा पत्र’ जारी गरियो । कम्युनिस्ट स्थापना गर्दा होस् या कम्युनिस्ट पार्टीको ‘घोषणापत्र’ जारी गर्दा यसका प्रमुख पात्र ‘माक्र्स र एङ्गेल्स’ नै थिए ।
कम्युनिस्ट पार्टीको घोषणा पत्रले पूरै युरोपमा सानाठूला विद्रोह जन्मायो । ती विद्रोहमाथि चर्काे दमन भएका कारण सन् १८५२ मा बनेको कम्युनिस्ट लिग ‘विघटन’ गरियो । कम्युनिस्ट लिग विघटन हुँदाखेरि पनि यसको प्राधिकार ‘माक्र्स र एङ्गेल्स’मा नै थियो किनभने जो विद्रोहको सर्जक थिए, विद्रोहले उनीहरूलाई नै चिन्ने कुरा अपरिहार्य थियो । नेपालमा पनि कम्युनिस्ट पार्टी पुष्पलालले स्थापना गरे । सो कम्युनिस्ट पार्टी विभिन्न हिस्सामा विभाजित भयो, तर एउटा धाराको प्राधिकार अन्तिमसम्म पनि पुष्पलालसँगै रह्यो । क्रान्ति र रचना विज्ञानले भन्छ– ‘क्रान्तिको जो कमान्डर हो वा रचना जसले गरेको छ, कसैले नचाहे पनि त्यो रचना र क्रान्तिको प्राधिकार उसैसँग रहन्छ ।’
तर, कसैकसैलाई यस्तो लाग्दैन, किताब च्याप्नु, आँखाका डिलमा आँसु उभ्याउनु, ओठमा चुरोट च्याप्नु र गिलासमा रक्सी थपेर किताबका आलीआली दौडिँदा कम्युनिस्ट भइने भए हिजो अजंगका नेपाली ‘माओ र चाओ’हरू यो देशको शीर्षासनमा हुन्थे, तर भएनन् । पुस्तकको वजनभन्दा व्यवहार वा कार्यको आयतनले नै मानिसलाई अर्थपूर्ण वा नेतृत्वको ठाउँमा उभ्याउँछ, विज्ञान यही हो ।
माओवादीका कुरा गर्दा यसले पार गरेको यात्रा असाधारण छ । निर्विवाद हो, यो यात्राका कमान्डर ‘प्रचण्ड’ हुन् । उनले यस्तो यात्राको प्रारूप प्रस्ताव गरे, जुन धेरैको दिमागमा थिएन । हुँदैन, सम्भव छैन, यो बालहठ हो आदि इत्यादि सुन्दै उनले मसिना झिँगाहरू जोेरेर सामन्ती व्यवस्था खरानी बनाउने कारिगरी बुने । अन्त्यमा उनले भनेझैं भयो । व्यवस्था फेरियो । मानिसहरू भन्छन्– युद्ध सहज थियो, अराजकता थिएन । युद्धमा सहजता जति थियो त्यति नै अप्ठ्याराहरू पनि थिए । ती अप्ठ्यारा जति प्रचण्डले नै व्यहोरे । होलेरी कब्जा युवावयको संकल्प थियो भने ‘डाँडाडाँडामा टनेल खन्ने, प्रत्याक्रमणमा जाने, ढाडमा टेकेर टाउकोमा हान्ने’ यी सबैमा ‘प्रचण्ड’ थियो । यिनै प्रचण्ड पछिल्लो संविधानमा रगतले लेखिएका अक्षरका रूपमा शानका साथ आज पनि खडा छन् ।
पार्टीभित्र वा बाहिर प्रचण्डको उपस्थितिविना नेपालको राजनीतिमा तरंग उत्पन्न हुँदैन । यो स्थापित सत्य हो । आज बनेको अस्थायी परिस्थितिमा उभिएर प्रचण्ड अब सकिए, यही बेला यिनका जुँगा उखेलौंजस्तो कसैलाई पनि लाग्छ भने त्यो भ्रम हो । प्रचण्डको जुँगा उखेल्न आधा पार्टी लिएर गएका मोहन वैद्य आज कहाँ छन् ? आधा पार्टी बोकेर विद्वताको विरासतमा बाबुरामले प्रारम्भ गरेको यात्रा कहाँ छ ? यसको अर्थ के हो भने सिद्धान्त र व्यवहार दुवैमा उनीहरू सही थिएनन् । प्रचण्ड सही नभएको भए आज ‘प्रचण्ड’, ‘प्रचण्ड’को रूपमा हुँदैनथे । ‘प्रचण्ड’ भएकै कारण आतंकित कांग्रेस–एमाले गठबन्धनमा छन् । विपक्षमा यो मात्राको राजनीतिक आतंक विपक्षी कित्तामा दिनसक्ने कोही पात्र आजको दिनमा नेपालमा छ भने त्यो प्रचण्ड नै हो ।
कांग्रेस एमालेको सातो गएर मितेरी लगाउँदै गर्दा फेरि माओवादीमा छलफल शुरू भएको छ । के प्रचण्डको उपादेयता सकिएको हो ? के ‘प्रचण्ड’ बर्बाद भएका हुन् ? युद्धको बेलामा पनि यस्ता अतिहरू थिए । मणी थापालाई लाग्थ्यो– ‘समाजवादी यात्राको जग’ प्रचण्डको पराजय हो । राम कार्कीहरू प्रचण्डलाई खमेरुजका नेता ‘पोलपोट’जस्तै बताउँदथे । यसरी नै एउटा कित्ता प्रशिक्षित थियो । एकै पराजयपछि भागदौडको कहालीलाग्दो कालखण्ड प्रचण्डले पटक–पटक भोगेका छन् ।
दिल्लीमा केही समय सेल्टर लिएको माओवादी हेडक्वार्टर घेरामा परिसकेको थियो । पटनामा एकैपटक केन्द्रीय सदस्य गिरफ्तार भएका थिए । यी र यस्ता धेरै षडयन्त्रहरू पार गरेकै कारण ‘प्रचण्ड’, ‘प्रचण्ड’ भएका हुन् । उनी यस्ता कैयौं भुलभुलैया पार गरेर परिस्थितिको वस्तुनिष्ट विश्लेषण र त्यसको आधारमा सटिक योजना बनाउन सक्ने एक मात्र नेता हुन् । उनकै कारण १२ बुँदे सहमति भयो । गाउँमा रहेको सुनामीजस्तो माओवादी शहर पस्यो ।
प्रचण्ड शहर पस्दा अरूले गाउँ कुरेको भए आज माओवादी तेस्रो बन्दैनथ्यो । सबैलाई नायक हुने लालसाले नछोपेको भए माओवादी दुब्लाउँदैनथ्यो । जे–जे भए पनि प्रचण्डको उपस्थितिमै समाजवादी संविधान बन्यो । अहिले राम कार्कीहरू यहीँ छन् । मणि थापाहरू एमाले घुमेर माओवादीको दैलोमा आएर उभिएका छन् । बाबुरामसँग उभिएर नयाँपनको अभ्यास गर्न निस्किएका गंगा श्रेष्ठहरू माओवादी र त्यसको नेतृत्वप्रति पुनर्निष्ठाको संकल्प गर्न आतुर छन् ।
माओवादीमा प्रचण्डलाई रिझाएर वा धम्क्याएर निरन्तर खाइ टोपलेकालाई लागेको छ– प्रचण्डको उपादेयता सकियो । तिनलाई विश्व कम्युनिस्ट आन्दोलनको इतिहास थाहा होस्– जसले क्रान्तिको नेतृत्व गरेको छ उसको नेतृत्व वा प्राधिकार उसको भौतिक अनुपस्थितिले मात्र अन्त्य गर्दछ । चीनमा माओ नमरुञ्जेल चिनियाँ कम्युनिस्ट पार्टीले उनलाई प्राधिकारबाट अलग गरेन । रुसमा गोली लागेर अशक्त भएका लेनिनको प्राधिकार उनको महाप्रस्थान नहुने बेलासम्म कायम रह्यो । कोरियाका ‘किम इल सुङ’ पनि अन्तिमसम्म सर्वाेच्च रहिरहे । यो कसैले बनाउने र गलहत्याउने कुरा होइन, जसले क्रान्तिको नेतृत्व गर्छ, क्रान्तिपछिको नेता पनि उही हो ।
एक समय विप्लवलाई प्रचण्ड बन्ने रहर थियो । उनले त्यो प्रयास पनि गरे, तर सबै प्रयत्नहरूको कुल योग यो युगको नेता ‘प्रचण्ड’ हो भन्नेमा गएर सकियो । २००७ सालमा क्रान्तिमा सहभागी भएका कारण मृत्युपर्यन्त गिरिजा प्रसाद कोइरालाले कांग्रेसको प्राधिकार कायमै राखे । यस्तो हुन्छ । यहाँ मात्र होइन, सर्वत्र यही कुरो हो ।
कसैलाई सिंहासनमा बस्ने रहर चल्नु मानवीय कुरा नै हो, यदि ऊ राजनीतिमा छ भने । आजको दिनमा माओवादीभित्र प्रचण्डको विस्थापन न संगठनको हितमा छ, न त्यसले नयाँ उर्जाको सञ्चार गर्न सक्छ । बरु अहिलेको आवश्यकता खुलेको, फुरेको र सबैले काँध थापेको प्रचण्ड माओवादीलाई चाहिएको छ । जालझेल, तिकडम, हैरानी र परेशानीमा पारेर माओवादीलाई घेरा हाल्ने, चिरा पार्ने, प्रपञ्चका विरुद्ध लड्न एकताले सिंगारिएको प्रचण्ड उभ्याउनेबाहेक अरू तर्क यतिबेलाका कुतर्क हुन् । सबैको पालो अवश्य आउँछ । बाख्रा ४ महिनामा ब्यायो भनेर हात्ती पनि त्यति नै समयमा ब्यायो भने उसको वंश सकिन्छ । मन लाग्यो भनेर भ्रमहरूका बीचमा उभ्याइएको चास्नी पिउने रहरले मान्छेलाई डुबाइ छाड्छ । आशा गरौं, कोही डुब्नेछैनन् ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो । त्यसपछि खाली पेटमा ए...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...
सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...
कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...