
पर्साको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
साउन २६ गते शनिबार सम्पन्न उक्त शिविरमा १७३ जनाले सेवा लिएका थिए ।
शिविरमा सहभागीमध्ये ७३ जनाको मोतियाविन्दुको अपरेसन गरिएको युवा समाजसेवी रुपेश पाण्डेले जानकारी दिए ।

उक्त शिविरमा नेकपा एमालेका सांसद प्रभु हजारा र निर्मला देवकोटाको विशेष उपस्थित रहेको थियो ।
पर्सा क्षेत्र नम्बर- ३ फकाहास्थित विद्यालयको हाताभित्र उक्त शिविर सञ्चालन गरिएको थियो ।
उक्त शिविरको संयोजन समाजसेवी पाण्डेले गरेका थिए ।
