
सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई सय ६४ पुगेको छ । स्वास्थ्य निर्देशनालय डोटीका सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीका ५६, अछामका ५५ र डोटीमा ५५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
कञ्चनपुरमा ३९, दार्चुलामा २०, बाजुरामा १७, बैतडीमा आठ, डडेल्धुरामा नौ र बझाङमा पाँच जनामा डेङ्गुको सङ्क्रमण देखिएको सम्पर्क व्यक्ति जोशीले जानकारी दिए ।
उनका अनुसार जनवरीमा १३, फेवु्रअरिमा २४, मार्चमा ३८, अप्रिलमा ३४, मेमा २५, जुनमा ५२, जुलाईमा ५४ र अगष्टको हालसम्ममा २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । डेङ्गुको सङ्क्रमणबाट भने हालसम्म सुदूरपश्चिमका कुनै पनि जिल्लामा कसैको मृत्यु भने नभएको उनको भनाइ छ । एडिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिने गर्दछ ।