२९ असार २०८३, सोमबार

दाङमा महरा हावी, पोखरेल मुख्यमन्त्रीका दावेदार ?

कात्तिक २०, २०७४
दाङमा महरा हावी, पोखरेल मुख्यमन्त्रीका दावेदार ?
दाङ, १२ कात्तिक– वामपन्थी गठबन्धनलाई मिलाउन सकस परेको दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा उम्मेदवार बन्ने भएका छन् ।

एमालेका प्रभावशाली नेता शंकर पोखरेलले समेत दावी गरेको सो क्षेत्र मिलाउन एमाले–माओवादी गठबन्धनलाई समस्या परेको थियो ।

महराले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै आफू दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न लागेको जानकारी गराउँदै सहयोगको अपेक्षा गरेका छन् । एमालेले भने सो क्षेत्रको दावी छाडेको छैन ।

महराले टिकट पाएमा पोखरेल समानुपातिक तर्फबाट उम्मेदवार बन्ने या प्रदेश सभाबाट चुनाव लडेर मुख्यमन्त्रीको उम्मेदवार बन्नेवारे एमालेभित्र छलफल भइरहेको छ ।

पहिलो संविधानसभा चुनावमा समानुपातिक तर्फबाट सांसद बनेका पोखरेल दोस्रो संविधानसभा चुनावमा पराजीत भएका थिए । पहिलो संविधानसभा चुनावमा दाङवाट विजयी महरा दोस्रो संविधानसभा चुनावमा रोल्पाबाट विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्