१९ असार २०८३, शुक्रबार

१८ करोडको लागतमा बन्यो १५ शय्याको अस्पताल भवन

साउन ३१, २०८१
बाग्लुङ
१८ करोडको लागतमा बन्यो १५ शय्याको अस्पताल भवन

बागलुङको बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा रु १८ करोडको लागतमा १५ शय्याको अस्पताल भवन निर्माण भएको छ । 

सङ्घीय सरकारको लगानीमा निर्मित उक्त भवनबाट आगामी कात्तिकदेखि सञ्चालन गर्ने तयारीमा गाउँपालिका जुटेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताइन् ।  अस्पताल सञ्चालनमा आएपछि यहाँका स्थानीय बुर्तिबाङ, पोखरा, काठमाडौँ, पाल्पालगायत स्थानमा उपचारका लागि जानुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।

गाउँपालिकाले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उचार गर्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्