०८ साउन २०८३, शुक्रबार

पाकिस्तानमा विदेशी महिलामाथि पाँच दिनसम्म सामूहिक बलात्कार

साउन ३१, २०८१
काठमाडौं
पाकिस्तानमा विदेशी महिलामाथि पाँच दिनसम्म सामूहिक बलात्कार

पाकिस्तानमा २८ वर्षीया विदेशी युवतीमाथि सामूहिक बलात्कारको घटना बाहिर आएको छ । इस्लामाबादमा बेल्जियमकी महिलालाई लगातार पाँच दिनसम्म बलात्कार गरेको आरोप छ । 

अगस्ट १४ मा पाकिस्तानको स्वतन्त्रता दिवसमा एक महिला सडकमा घाइते अवस्थामा भेटिएकी थिइन् । 

पाकिस्तानी मिडिया रिपोर्टका अनुसार महिलालाई बलात्कार गरेपछि इस्लामावादको जी-६ सेक्टरमा फ्याँकिएको थियो। स्थानीयले पीडित देखेर प्रहरीलाई उजुरी गरेका थिए । 

घटनास्थलमा प्रहरी टोलीले महिलाको उद्धार गरेको थियो । उनलाई उपचारका लागि पोलिक्लिनिक अस्पतालमा भर्ना गरिएको थियो । 

सोधपुछका क्रममा ती महिलाले केही व्यक्तिले आफूलाई बन्धक बनाएर पाँच दिनसम्म बलात्कार गरेको प्रहरीलाई बताइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा महिलाको दाबी पुष्टि भएको छ । 

घटनामा संलग्न एक अभियुक्त पक्राउ परेका छन् । प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । 

केही समयअघि पाकिस्तानमा एक हिन्दू महिलालाई इस्लाम धर्म स्वीकार नगरेको भन्दै बलात्कार गरेको समाचार बाहिर आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्