२९ असार २०८३, सोमबार

झण्डै तीन वर्षपछि नेप्से ३ हजारमाथि

साउन ३१, २०८१
काठमाडौं
झण्डै तीन वर्षपछि नेप्से ३ हजारमाथि

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार खुलेको दुई मिनेटमै ३ हजारको बिन्दुलाई छोएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकले ११ बजेर २ मिनेटमा तीन हजारको बिन्दुलाई छोएको हो । 

यसअघि सेयर बजार २०७८ भदौ ९ गते ३ हजार बिन्दुमाथि कारोबार भएको थियो ।

प्रि ओपन सेसनबाटै दोहोरो अंकले बढेको सेयर बजारमा तीव्र उतारचढाव भइरहेको छ । 

यो समाचार पार्दासम्म अर्थात् ११ बजेर ३० मिनेटसम्म ७९ लाख ९६ हजार ४०९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३९ करोड ५४ लाख रुपैयाँको कारोबार भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्