०८ असार २०८३, सोमबार

ट्रकले घिसार्दा स्कूटरमा रहेकी महिलाको मृत्युपछि भक्तपुरको गठ्ठाघर क्षेत्रमा तनाव, सडक अवरुद्ध

साउन ३१, २०८१
काठमाडौं
ट्रकले घिसार्दा स्कूटरमा रहेकी महिलाको मृत्युपछि भक्तपुरको गठ्ठाघर क्षेत्रमा तनाव, सडक अवरुद्ध

भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कूटर चालकलाई ठक्कर दिएसँगै अहिले उक्त क्षेत्र तनावग्रस्त बनेको छ । बिहीवार अपरान्ह काठमाडौंको काेटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कूटरलाई ठक्कर दिएको थियो । 

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी वेद विष्टका अनुसार अहिले स्थानीयले ढुंगामुडा गरेर प्रहरीलाई त्यस ठाउँमा जान दिएका छैनन् । सडक नै अवरुद्ध भएको छ । 

प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । ट्रकले स्कूटर चालकलाई घिसार्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

एसपी विष्टका अनुसार क्रेनले ट्रक उठाएपछि मात्रै च्यापिएकी स्कूटर चालकलाई झिक्न मिल्छ । उनले भने, ‘क्रेन घटनास्थल पुगिसकेको छ, स्थिति नियन्त्रणमा आउनेबित्तिकै हामी स्कूटर चालकको शव निकाल्छौं ।’ 

अहिले मृतकको नाम खुलिनसकेको जानकारी विष्टले दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्