०६ साउन २०८३, बुधबार

विश्व बैंकले नेपाललाई दिने बजेटरी सहायता वृद्धि गर्ने

साउन ३१, २०८१
काठमाडौं
विश्व बैंकले नेपाललाई दिने बजेटरी सहायता वृद्धि गर्ने

विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । 

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बिहीवार भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएका हुन् । 

उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिएका छन् ।

विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रुपमा नेपाललाई २०५ मिलियन  अमेरिकी डलर प्राप्त भएको थियो । 

सो अवसरमा अर्थमन्त्री पौडेलले आयोजनाहरू समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्