२९ असार २०८३, सोमबार

सहकारी ठगी छानबिन समितिसँग सुधीर बस्नेतले भने– सम्पत्ति बिक्री गरेर खातामै जम्मा गर्दिन्छु

साउन ३१, २०८१
काठमाडौं
सहकारी ठगी छानबिन समितिसँग सुधीर बस्नेतले भने– सम्पत्ति बिक्री गरेर खातामै जम्मा गर्दिन्छु

सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले ओरियन्टलसँगै विभिन्न वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा सञ्चालक सुधीर बस्नेतसँग सोधपुछ गरेको छ ।  

झण्डै १० अर्ब रुपैयाँ ठगीको आरोप लागेका बस्नेतमाथि समितिले बिहीवार सोधपुछ गरेको हो ।

समितिको ४० औं बैठकले कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित मध्येका बस्नेतसँग सोधपुछ गरेको हो । बस्नेतमाथि आफू संलग्न रहेका सहकारी संस्थाहरू ओरियन्टल, प्यासिफिक सेभिङ, कोहिनुर हिल, कन्जुमर र भेगासबाट १० अर्ब रुपैयाँ ठगी गरेको आरोप छ ।

null

समितिका सभापति एवं नेकपा (एमाले)का सांसद सूर्य थापाका अनुसार बस्नेतले पीडित सर्वसाधारणलाई आफ्नो सम्पत्ति बेचेर भएपनि तिर्ने जवाफ दिएका छन् । 

सोधपुछका क्रममा उनले आफ्नो सम्पत्ति बिक्री गरेर सरकारी खातामै जम्मा गरेर पीडितलाई फिर्ता गर्ने आश्वासन दिए । उनले रोक्का गरेको आफ्नो सम्पत्ति खुलाउने वातावरण बनाइदिन समितिसँग आग्रहसमेत गरेका थिए । 

समितिले बस्नेतलाई पीडित सर्वसाधारणको रकम जसरी पनि भराउन सम्झाएको थियो । त्यसका लागि उनको नाममा रहेको सम्पत्तिका बारेमा विवरण माग गरेको गरिएको थियो । 

बस्नेतले आफ्ना नाममा भएका सम्पत्तिको विवरण, हिसाबको खातापाता लगायतका विवरणसमेत समितिलाई बुझाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्