२३ असार २०८३, मंगलबार

ट्रकले किचेर मृत्यु भएका स्कूटर चालक पुरुष भएको पुष्टि

साउन ३१, २०८१
काठमाडौं
ट्रकले किचेर मृत्यु भएका स्कूटर चालक पुरुष भएको पुष्टि

भक्तपुरको गठ्ठाघरमा ट्रकले किचेर मृत्यु भएका स्कूटर चालक पुरुष भएको पुष्टि भएको छ । 

यसअघि प्रहरीले मृत्यु भएका व्यक्ति महिला भएको बताएको थियो । तर अहिले ती व्यक्ति पुरुष भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रवक्ता डीएसपी राजन कार्कीले लोकान्तरलाई जानकारी दिए ।

काठमाडौंको कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ना६ख २१७३ नम्बरको ट्रकले बा४९प ८९४४ नम्बरको स्कूटरलाई ठक्कर दिएको हो । ट्रकले स्कूटरलाई ठक्कर दिएसँगै बिहीवार दिउँसो गठ्ठाघर क्षेत्र तनावग्रस्त बनेको थियो । 

ट्रकको चक्काले स्कूटर चालकलाई पूरै लत्र्याएको थियो । स्कूटर चालकको शव चक्कामा च्यापिएकाले प्रहरीले निकाल्न क्रेनको सहयोग लिनुपरेको थियो । घटना विभत्स भएकाले तनावको स्थिति आएको हो ।  

प्रहरीले ट्रकका चालक सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ । 

डीएसपी कार्कीका अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । 

null
 

salt training

कमेन्ट गर्नुहोस्