
मुम्बई – अभिनेत्री परिणीति चोपडाले अजय देवगनको फिल्म ‘गोलमाल अगेन’ को सफलतापछि अझै कडा मेहनत गर्ने बताएकी छिन् । रोहित शेट्टीद्वारा निर्देशित चलचित्र गोलमाल फ्रेन्चराइजको चौथो सिक्वेल हो । यसमा तब्बू, अरशद वारसी, कुणाल खेमू, अजय देवगन लगायतका कलाकारको मुख्य भूमिका छ ।
परिणीतिले सामाजिक सञ्जालमा फिल्मको सफलताको बारेमा लेखेकी छिन् । फिल्ममा उनी खुशीको भूमिकामा छिन् । उनले ट्वीटमा लेखेकी छिन्, ‘अझै कडा मेहनतका लागि तयार छु ।’
फिल्म निर्माताका भनाइका आधारमा ‘गोलमाल अगेन’ ले आफ्नो रिलिजको पहिलो सप्ताहमा २०३ करोडको व्यापार गरेको छ ।