३२ असार २०८३, बिहीबार

प्रधानमन्त्री ओलीसँग जर्मनीका राजदूत पिन्जको शिष्टाचार भेट

साउन ३२, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीसँग जर्मनीका राजदूत पिन्जको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस पिन्जले आज शिष्टाचार भेट गरेका छन् । 
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुुई देशबीच ६६ वर्षदेखि हुुँदै आएको कूटनैतिक र आर्थिक सम्बन्ध तथा आपसी हितबारे छलफल भएको छ । 

जर्मनी नेपालको एक ठुलो र पुुरानो विकास र व्यापारको साझेदार मुलुुक हो । प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा जर्मनीप्रति आभार व्यक्त गरेको सचिवालयले जनाएको छ । 

भेटका अवसरमा प्रधानमन्त्रीको निजी सचिवालय र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्