२६ असार २०८३, शुक्रबार

चिकित्सक दम्पतीको फाउन्डेसन : कोषमा वार्षिक १० लाख थप्दै जाने, दाताबाट सहयोग नलिने

भदौ १, २०८१
चितवन
चिकित्सक दम्पतीको फाउन्डेसन : कोषमा वार्षिक १० लाख थप्दै जाने, दाताबाट सहयोग नलिने

सामाजिक क्षेत्रमा क्रियाशीलता देखाउँदै आएका चितवनका एक चिकित्सक दम्पतीले फाउन्डेसन स्थापना गरेका छन् । दन्तरोग विशेषज्ञद्वय डा. अजय न्यौपाने र डा. सरु थापाले ‘डा. अजय एन्ड डा. सरु फाउन्डेसन’ स्थापना गरेका हुन् ।

फाउन्डेसन स्थापनाको जानकारी दिँदै डा. न्यौपानेले स्वास्थ्य, शिक्षा, विपद्, कला संस्कृति, खेलकुदलगायत क्षेत्रमा काम गर्ने बताए ।

हप्ताको सातै दिन दम्पतीले नै काम गरेर त्यहाँबाट भएको आफ्नै आम्दानीले फाउन्डेसनमार्फत सामाजिक काम गर्ने उनले जानकारी दिए ।

वार्षिक रु १० लाख कोषमा राख्दै जाने र चालू पुँजीका रूपमा यस आर्थिक वर्षमा रु १० लाख छुट्याएको उनले बताए ।

आगामी वर्षबाट कोषको ब्याजमा अरु रकम थपगरी त्यही पैसाबाट फाउन्डेसनले काम गर्नेछ । दश वर्षमा अक्षयकोष रु एक करोड पुर्‍याउने लक्ष्य छ । ब्याजले अपुग हुँदा आफूहरूले रकम राखेर सामाजिक काम गर्ने दम्पतीको योजना छ ।

फाउन्डेसनले २० विद्यार्थीलाई जनही रु १० हजारका दरले छात्रवृत्ति दिने, पाँच शिक्षकलाई रु १०/१० हजारका दरले प्रोत्साहन पुरस्कार दिने योजना छ ।

स्वास्थ्य क्षेत्रमा विपन्नलाई आँखाको उपचार गर्न सहयोग गर्ने, स्वास्थ्य पहुँचमार्फत गाउँगाउँमा पुगेर शिविरमार्फत सेवा दिने, आकस्मिक स्वास्थ्य सहयोग गर्नेलगायत उनीहरूको योजना छ ।

विपन्न २० परिवारलाई स्वास्थ्य बीमा गरिदिने योजना छ । शुरूका वर्षमा गाउँपालिकामा यी कार्यक्रम सञ्चालन गर्ने योजना फाउन्डेसनको छ ।

फाउन्डेसनमा आफ्नो कमाई मात्रै प्रयोग गर्ने भन्दै उनीहरूले अन्य दाताको सहयोग नलिने बताए ।

यद्यपि सामाजिक सङ्घसंस्थासँग सहकार्य गरेर काम गरिने फाउन्डेसनले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्