०९ साउन २०८३, शनिबार

लुम्बिनी भ्रमण वर्षको कार्ययोजना बनाउन व्यवसायीको आग्रह

भदौ १, २०८१
बुटवल
लुम्बिनी भ्रमण वर्षको कार्ययोजना बनाउन व्यवसायीको आग्रह

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, लुम्बिनी प्रदेश समितिले लुम्बिनी भ्रमण वर्ष सन् २०२४/२०२५ सम्पन्न गर्ने गरी कार्ययोजना बनाउन लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेको छ ।

समितिले शनिबार बुटवलमा मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाउँदै पर्यटन क्षेत्रलाई लयमा फर्काउनको लागि भ्रमण वर्ष मनाउने गरी कार्ययोजना निर्माण गर्न आग्रह गरेको हो ।

संघका अध्यक्ष महेन्द्रप्रसाद श्रेष्ठले ७ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक सम्पदाहरूको पहिचान गरी त्यसलाई संरक्षण र प्रचारप्रसार गरी आवश्यक बजेट मिलाउन आग्रह गरेका हुन् । 

भैरहवास्थित विमानस्थल र बुटवलका सभाहल सञ्चालनमा ल्याउन, होटल व्यवसायीको क्षमता अभिवृद्धि गर्न बजेट विनियोजन गर्नसमेत माग गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

पर्यटनसम्बन्धी नीति नियम निर्माण गर्दा संस्थाको सहभागिता, र सरकारले पर्यटनसँग सम्बन्धित कार्यालय वा निकायहरूमा समेत संस्थाको उपस्थितिको माग गरिएको छ। 

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारबाट होटल व्यवसायीसँग खेल्ने भूमिकामा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले भने, ‘अब व्यवसायी निराशा हुनुपर्ने कारण छैन, विमानस्थल सञ्चालनमा आउँदै छ । त्यसपछि यस क्षेत्र चलायमान बन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्