१९ असार २०८३, शुक्रबार

परराष्ट्रमन्त्री राणा आइतबार भारत भ्रमणमा जाँदै

भदौ १, २०८१
काठमाडौं
परराष्ट्रमन्त्री राणा आइतबार भारत भ्रमणमा जाँदै
फाइल फोटो

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भोलि (आइतबार) भारतको राजधानी नयाँ दिल्ली जाँदै छिन् । 

उनी भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा भारत जान लागेकी हुन् । ​​​​

जयशङ्करसँगको भेटवार्ता उनीहरूबीच नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाउन तथा सहकार्य प्रवर्द्धन गर्नका लागि आपसी चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमणलाई स्वीकृत समेत गरिसकेको छ ।

उनी यही भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ। 

salt training

कमेन्ट गर्नुहोस्