१३ असार २०८३, शनिबार

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलको विजयी शुरूआत

भदौ २, २०८१
काठमाडौं
इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलको विजयी शुरूआत

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलले विजयी शुरूआत गरेका छन् । पहिलो खेलमा लिभरपुलले नवप्रवेशी इपस्विपलाई तथा अर्को खेलमा आर्सनलले उल्भ्सलाई हराएर विजयी शुरूआत गरेका हुन् । 

इपस्विपको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले इपस्विपलाई २-० ले हरायो । लिभरपुलका लागि डियगो जोटा र मोहम्मद सलाहले समान एक/एक गोल गरे । डियगोले ६० औं र सलाहले ६५ औं मिनेटमा गोल गरेका हु्न् । त्यसपछि थप गोल निस्कन सकेन । 

यस्तै, आर्सनलले उल्भ्सलाई पनि २-० ले हरायो । इमिरेट्स रंगशालामा आर्सनललाई जित दिलाउन काइ हार्भट्ज र बुकायो साकाले गोल गरे ।  खेलको २५औं मिनेटमा हार्भट्जको गोलमार्फत् आर्सनलले अग्रता लिएको थियो । उनले साकाको पासलाई पोस्टको दिशा दिए ।

साकाले ७४औं मिनेटमा हार्भट्जको पासलाई सदुपयोग गर्दै आर्सनललाई सहज जित दिलाए । 

जितसँगै लिभरपुल र आर्सनलले समान तीन अंक जोडेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्