
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा कायम भएको छ ।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा कायम भएको छ ।
यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८९ रुपैयाँ २४ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९१ पैसा कायम भएको छ ।