०२ साउन २०८३, शनिबार

टर्कीको संसद्‌मा हंगामा : आधा घण्टासम्म भिडे सत्ता-प्रतिपक्षका सांसद, दुईजना घाइते

भदौ २, २०८१
काठमाडौं
टर्कीको संसद्‌मा हंगामा : आधा घण्टासम्म भिडे सत्ता-प्रतिपक्षका सांसद, दुईजना घाइते

टर्कीको संसद्‌‌मा सत्ता र प्रतिपक्षका सांसदहरूबीच कुटाकुट भएको छ । उनीहरूले एकअर्कालाई मुक्का प्रहार गरेका हुन् ।  सांसदहरूबीचको झगडा करिब ३० मिनेटसम्म चलेको थियो । 

झडपमा कम्तीमा दुई सांसद घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । एक विपक्षी सांसदले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको एके पार्टीलाई आतंकवादी संगठन भनेपछि विवाद शुरू भएको थियो । 

समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार घटना १६ अगस्टको हो । 

राष्ट्रपति रेसेप तैयप एर्दोगानको पार्टीका सांसद र पूर्व फुटबल खेलाडी अल्पे ओजालानले विपक्षी सांसद्लाई धकेलेर भुइँमा लडाएका थिए । त्यसपछि उनको पार्टीका अरु सांसद आएर भुइँमा लडेका सांसदमाथि मुक्का हानेका थिए।

सांसदहरूको झडपका कारण संसद् बैठक अवरुद्ध भएको थियो । टर्कीको हाउसमा मुख्य विपक्षी पार्टी सीएचपीका प्रमुख ओजगुर ओजेलले घटनाको निन्दा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्