
आइएस लडाकूले यहाँको सेनाद्वारा नियन्त्रणमा लिएको देअर एजोर प्रान्तको राजधानीलाई शनिबार आक्रमण गरेपछि भएको लामो झडपमा कम्तीमा ५० जना आइएस लडाकूको मृत्यु भएको छ भने २३ जना सिरियाली सेनाको ज्यान गएका उक्त संस्थाले जनाएको छ ।
संस्थाका निर्देशक रमी अव्देल रहमानले भन्नुभयो, सेनाले देअर एज्जोरमा आइएसको कब्जामा रहेका दुई छिमेकी वस्तीका साथै नगरपालिकाको रङ्गशालासहितको क्षेत्रलाई कब्जामा लिन सफल भएको छ ।
“सेनाले आइएस लडाकूलाई शहर र यूफ्रेट्स नदी क्षेत्रमा घेराभित्र पार्न सफल भएको छ,” निर्देशक रहमानले भन्नुभयो ।
आइएसले देअर अजोर शहरको प्राय सवै भू–भागलाई करिब तीन बर्ष पहिले नियन्त्रणमा लिएको थियो ।
तेलको लागि धनी मानिने देअर एज्जोर इराकको सीमामा पर्छ र आइएस जिहादी समूहको प्रभाव क्षेत्र हो ।
सिरियामा सन् २०११ देखि शुरु भएको सरकार विरोधी आन्दोलनमा अहिलेसम्म तीन लाख ३० हजार व्यक्तिभन्दा बढी जनताले ज्यान गुमाएका छन् । रासस