नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज (आइतबार) छापावाल सुन प्रतितोला एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको हो । गत शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसअघि गत साउन २९ गते छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँ पुगेको थियो । आज उक्त रेकर्ड तोडेर थप उचाइमा पुगेको हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१० रुपैयाँमा खरिदबिक्री भइरहेको महास्घले जनाएको छ ।
शुक्रबार चाँदी प्रतितोला एक हजार ७६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।