०५ साउन २०८३, मंगलबार

थाई नरेशद्वारा पेन्टोगटार्न सिनावात्रालाई औपचारिकरूपमा प्रधानमन्त्रीमा अनुमोदन

भदौ २, २०८१
काठमाडौं
थाई नरेशद्वारा पेन्टोगटार्न सिनावात्रालाई औपचारिकरूपमा प्रधानमन्त्रीमा अनुमोदन

थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोगटार्न सिनावात्रालाई औपचारिकरूपमा अनुमोदन गरेका छन् ।​​

सिनावात्राको नियुक्ति थाई राजनीतिमा धेरै उतारचढावपछि भएको हो । यस अवधिमा संवैधानिक अदालतले सोही फेउ थाई पार्टीबाटै प्रधानमन्त्री रहेका श्रेथा थाभिसिनलाई हटाएको थियो । 

राजाको अनुमोदनसँगै अब पेन्टोगटार्न सिनावात्राले आधिकारिक रूपमा मन्त्रिपरिषद् गठन गर्नेछिन् । मन्त्रिपरिषद् गठन प्रक्रिया आगामी साताहरूमा हुने अपेक्षा गरिएको छ । 

अल जजिराका अनुसार हालै थाई संसद्ले पेन्टोगटार्नलाई थाइल्यान्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनाउन मतदान गरेको थियो । 

संवैधानिक अदालतको फैसलाले श्रेथा थाभिसिनलाई हटाएपछि उनको स्थान सोही पार्टीकी पेन्टोगटार्नले लिएकी हुन् ।

उङ इङ उपनामले प्रसिद्ध पेन्टोगटार्न अर्बपति टाइकुन थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन् । आफ्ना बुबा र फुपूपछि मुलुकको शीर्ष पद सम्हाल्ने उनी परिवारको तेस्रो सदस्य बनेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्