१३ असार २०८३, शनिबार

कपनमा जुवातास खेलिरहेका ९ जना पक्राउ

भदौ २, २०८१
काठमाडौं
कपनमा जुवातास खेलिरहेका ९ जना पक्राउ
फाइल फोटो

काठमाडौं महानगरपालिका- ६ कपनमा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् ।

उदयपुरको ताप्ली गाउँपालिका- १ घर भइ सरस्वतीनगर बस्ने ५० वर्षीय उद्धवराज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- १२ का ४१ वर्षीय बद्री पौडेललगायत छन् ।

उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

​प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ३९ हजार ७ सय २५ रूपैयाँ र ३ बुक ताससमेत बरामद गरेको छ ।

थप अनुसन्धान अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्