१९ असार २०८३, शुक्रबार

परराष्ट्रमन्त्री देउवा नयाँ दिल्ली प्रस्थान

भदौ २, २०८१
काठमाडौं
परराष्ट्रमन्त्री देउवा नयाँ दिल्ली प्रस्थान

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेकी छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो । यस भ्रमणका क्रममा उनका भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । 

दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ ।

राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए । 

परराष्ट्रमन्त्री डा राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्किने छिन् । 

salt training

कमेन्ट गर्नुहोस्