०५ साउन २०८३, मंगलबार

९ जनाको सामूहिकरुपमा अन्त्येष्टि

कात्तिक २०, २०७४
९ जनाको सामूहिकरुपमा अन्त्येष्टि
सप्तरी, १२ कात्तिक - धादिङको गजुरीस्थित त्रिशूली नदीमा यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु भएकाहरुको आज साँझ सामूहिकरुपमा अन्त्येष्टि गरिएको छ ।received_1444789075571038

दुर्घटनामा मृत्यु भएका सप्तरीका २४ जनामध्ये नौजनाको सप्तकोशीस्थित कोशी ब्यारेजमा सामूहिक अन्त्येष्टि गरिएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

अन्य १५ जनाको राजविराज, देउरी भरुवा, मानराजा, बोदे वरसाइन, शम्भुनाथ, कृष्णाशवरण गाउँपालिकालगायत मृतकको आ–आफ्नै गाउँमा अन्त्यसष्टि गरिएको छ । दुर्घटनामा मृत्यु भएका दुईजना अझै बेपत्ता छन् । राजविराजबाट काठमाडौँ गइरहेको ना६ख १४६७ नंको यात्रुबाहक बस शनिबार बिहान त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो ।


यस्तै, ज्यान गुमाएकाको स्मरण गर्दै राजविराजमा मैनबत्ती प्रज्वलन गर्दै आज साँझ श्रद्वाञ्जलि व्यक्त गरिएको छ । सप्तरी युथ नेपालको अगुवाइमा स्थानीय गजेन्द्र चोक र दर्शन चोकमा मैनबत्ती प्रज्वलन गरी मौनधारण गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्