२२ असार २०८३, सोमबार

बागमती प्रदेशमा मंगलबार सार्वजनिक बिदा

भदौ २, २०८१
काठमाडौं
बागमती प्रदेशमा मंगलबार सार्वजनिक बिदा

नेवार समुदायले मनाउने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले भदौ ४ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशित गरी भदौ ४ गते बिदा दिने निर्णय भएको जनाएको हो ।

गत शुक्रबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

भदौ ३ गते जनै पूर्णिमाको दिन भने देशभर नै सार्वजनिक बिदा छ ।

null

salt training

कमेन्ट गर्नुहोस्