२१ असार २०८३, आइतबार

बारामा १ हजार ३ सय ४३ साना उद्योग दर्ता

भदौ २, २०८१
बारा
बारामा १ हजार ३ सय ४३ साना उद्योग दर्ता

घरेलु तथा साना उद्योग कार्यालय, बारामा आर्थिक वर्ष २०८०/८१ मा जम्मा एक हजार तीन सय ४३ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।

रु दुई अर्ब २२ करोड १७ लाख ८८ हजार छ सय २७ कुल पुँजीको लागतमा सञ्चालित सो उद्योगको रु तीन अर्ब ४६ करोड तीन लाख ५५ हजार वार्षिक उत्पादन क्षमता भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले जानकारी दिए ।

नयाँ तथा पुरानो गरी हालसम्म दर्ता भएका वाणिज्य तर्फका एक हजार तीन सय ९६ वटा र साना घरेलु तर्फका एक हजार १७ वटासमेत गरी दुई हजार चार सय १३ रहेका छन् ।​​

यसमध्ये वाणिज्यतर्फ दुई सय २९ र साना उद्योगतर्फ एक सय ६० गरी तीन सय ८९ वटाले लगत कट्टी गरेको कार्यालयले जनाएको छ ।

बाराका घरलु तथा साना उद्योग कार्यालयले ती उद्योगहरूबाट जम्मा रु ९६ लाख ४५ हजार दुई सय ५० राजस्व सङ्कलन गरेका कर अधिकृत उपेन्द्र यादवले जानकारी दिए ।

कार्यालय प्रमुख धर्मेन्दलाल कर्णका अनुसार दर्ता भएका ती उद्योगमा हाल एक हजार पाँच सय ४१ जनाले रोजगारी पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्