१३ असार २०८३, शनिबार

बझाङ पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख दिने

भदौ ३, २०८१
बझाङ
बझाङ पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख दिने

बझाङको बुङ्गल नगरपालिका– १० टुमेडागाउँमा पहिरोमा परी मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति रु एक लाख दिने घोषणा गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरूप सो रकम प्रदान गर्ने घोषणा गरेका हुन् । 

यही भदौ २ गते राति १ बजे परेको अविरल वर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा धामीकी ५५ वर्षीया धर्मपत्नी काली धामी, २५ वर्षीया जेठी बुहारी गोल्की धामी, छ वर्षीया नातिनी आकृति धामी र तीन वर्षीया नातिनी लक्ष्मी धामी गरी चार जनाको ज्यान गएको थियो ।

मुख्यमन्त्री शाहले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

साथै तत्काल उद्धार तथा राहत कार्यमा सङ्लग्न हुन सम्बन्धित निकायलाई उनले निर्देशन दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्