०३ साउन २०८३, आइतबार

२०८४ मा बहुमत ल्याउने गरी तयारी गर्न ओलीको निर्देशन

भदौ ३, २०८१
काठमाडौं
२०८४ मा बहुमत ल्याउने गरी तयारी गर्न ओलीको निर्देशन

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा बहुमत ल्याउने तयारी गर्न निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार एमाले बागमती नेतृत्वलाई ओलीले २०८४ मा एकल बहुमत ल्याउने गरी तयारी गर्न निर्देशन दिएका नेता गोकुल बाँस्कोटाले जानकारी दिए । 

‘पार्टी संगठन सुदृढीकरणको विषयमा बागमती पार्टी नेतृत्वलाई बोलाइएको थियो,’ बाँस्कोटाले लोकान्तरसँग भने, ‘पार्टी कमिटीलाई व्यवस्थित बनाएर संगठन सुदृढीकरण गर्न र २०८४ मा बहुमत ल्याउने गरी तयारी गर्न निर्देशन दिनुभएको हो ।’ 

एमालेले २०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने तयारी गर्दै आन्तरिक संगठनको कामलाई अगाडि बढाउने बताउँदै आएको छ ।

एमालेले नेताहरूको कार्यविभाजन पनि २०८४ को चुनावलाई केन्द्रित गर्दै जिम्मेवारी तोकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्