१३ असार २०८३, शनिबार

सङ्खुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट

भदौ ३, २०८१
संखुवासभा
सङ्खुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट
फाइल फोटो

सङ्खुवासभाको नागरिक आरोग्य सेवा केन्द्रका इन्चार्जमाथि कुटपिट भएको छ ।​​​

पाँचखपन नगरपालिका–२ टाइगरचोकस्थित सेवा केन्द्रका इन्चार्ज वैध ज्ञानेन्द्रप्रसाद शाहमाथि कुटपिट भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सङ्खुवासभाका प्रमुख रामप्रमोद चौधरीले जानकारी दिए ।

शाहमाथि आइतबार दिउँसो कार्यालय परिसरमै पाँचखपन–२ का भीषण जिमीले कुटपिट गरेको उनले बताए ।

जिमीले इन्चार्ज शाहमाथि औषधि किन्ने बहानामा कार्यालय परिसरभित्रै कुटपिट गरेका हुन् ।

घटना लगत्तै पीडित शाहले स्थानीय प्रहरी पोष्टमा उजुरी गरेकोमा प्रहरीले आरोपित जिमीलाई सम्झाइबुझाइ छाडेको थियो ।​​

जिमीले सोही राति पुनः शाहको कोठामा पुगेर धम्क्याएको पीडितको आरोप छ । शाहले आज इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

यहाँ स्वास्थ्यकर्मी र अन्य कर्मचारी कुटपिट तथा अभद्र व्यवहार हुन थालेको भन्दै कर्मचारीले सुरक्षाको माग गरिरहेका छन् ।

यसअघि गत साउन १५ मा नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय मादीका इन्चार्ज र एक कर्मचारीमाथि कुटपिट भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्