०३ साउन २०८३, आइतबार

अन्तत: सिटौला प्रत्यक्षबाटै चुनाव लड्ने

कात्तिक २०, २०७४
अन्तत: सिटौला प्रत्यक्षबाटै चुनाव लड्ने
काठमाडौँ, १३ कात्तिक- अन्तत: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रत्यक्षबाटै चुनाव लड्ने भएका छन्, कान्तिपुरले खबर छापेको छ ।sitaula

पार्टीले उनको नाम समानुपातिक सूचीबाट झिकेर प्रत्यक्षकै उम्मेदवार बनाउने निर्णय गरेको छ । सिटौला मंसिरमा हुने चुनावमा प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने निश्चित भएको हो ।

सिटौलाले आफ्नो पुरानो निर्वाचन क्षेत्र झापा ३ बाट सातौं पटक चुनाव लड्न लागेका हुन् । यसअघि पार्टीले उनको नाम समानुपातिक सूचीको पहिलो नम्बरमा राखेर निर्वाचन आयोगलाई बुझाएको थियो । तर, सिटौलाको तीव्र असन्तुष्टि, कार्यकर्ताको चौतर्फी दबाबका कारण पार्टीले आइतबार उनको नाम समानुपातिक सूचीबाट हटाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्