२५ जेठ २०८३, सोमबार

दाङमा राति भारी वर्षा, दिउँसो देशभर पानी पर्ने

भदौ ४, २०८१
काठमाडौं
दाङमा राति भारी वर्षा, दिउँसो देशभर पानी पर्ने

गएराति दाङमा भारी वर्षा भएको छ । राति २ बजेदेखि दाङमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार दाङको पदमपुर वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको हो । 

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले बबई र यसका सहायक नदी तथा अन्य स–साना खोला तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

यसैगरी पछिल्लो एक घण्टामा नवलपुरस्थित डण्डा वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ । 

हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षासमेत भैरहेको छ ।

आज दिउँसो देशभर मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

राति पनि सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

राति कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्